News In Picture

महापण्डित घोष्णा

रेडियो अन्नपूर्णले सञ्चालन गरेको गोल्डकप माहापण्डित कार्यक्रम अन्तरगर्त महापण्डित घोष्णा गरिएका पोखरा माटेपानी ढिकालेथर निवासी सुबास बस्नेतलाई आज रेडियो पोखरा कल ईन कार्यक्रममा २४ इन्चको एल्जी एलइडी टिभि हस्तान्तरण गरिएको छ ।
साहारा कल्ब पोखराले आयोजना गरेको १८ औ संस्करणको आहा ! रारा गोल्ड कप २०७६ अन्तरगर्त चैत्र १ गतेको मनाङ मस्र्याङदी क्लब र नेपाल पुलिस क्लबबीचको खेल कस्ले जित्ला ? भन्ने रेडियोबाट सोधिएको प्रश्नमा सहि जबाफ दिएर लक्की ड मार्फत बिजेता बनेका बस्नेतलाई डिजिटल साउन्ड एण्ड भिजन न्यूरोडको तर्फबाट उक्त टिभि प्रदान गरीएको हो ।

Leave a Comment