अल्डरसट । सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । शनिबार अल्डरसटको माइती घर रेस्टुरेन्टमा सम्पन्न वार्षिक साधारणसभा तथा अधिवेशनले गुरुङको अध्यक्षतामा नवौँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा क्याप्टेन पीताम्बर गुरुङ, महासचिवमा प्रकाश गुरुङ, सचिवमा दीपक गुरुङ, कोषाध्यक्षमा जगन गुरुङ, सहकोषाध्यक्षमा कुमार थापा, प्रमुख प्राविधिक अधिकृतमा दल गुरुङ, खेलकुद सचिवमा समसेर गुरुङ, युवा संयोजकमा अजय जंग थापा रहेका छन् ।
यसैगरी, सदस्यहरूमा रमेश गुरुङ, सविन्द्र गुरुङ, गम गुरुङ, गंगा गुरुङ, देव गुरुङ, लाल गुरुङ, नारायण गुरुङ, ओम गुरुङ, मनोज गुरुङ, मिलन तमु र मेग गुरुङ चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यलाई प्रमुख आयुक्त महेश गुरुङ, आयुक्तहरू एकेन्द्र गुरुङ र ज्ञाम गुरुङले शपथ ग्रहण गराएका थिए ।
निर्वाचन समितिमा संस्थापक सल्लाहकार महेश गुरुङ प्रमुख आयुक्त एवं सल्लाहकार ज्ञाम गुरुङ र एकेन्द्र गुरुङ आयुक्तको जिम्मेवारीमा थिए । नवनिर्वाचित अध्यक्ष शारदा गुरुङले सहारा यूकेलाई आफ्नो उद्देश्यअनुरुप अगाडि बढाउन कुनै कसरत बाँकी नराखी काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Leave a Comment