“”
News

राखेप सदस्य सचिब सिलवालद्वारा सहारा एकेडेमीको अवलोकन

राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिब रमेश कुमार सिलवालले सहारा एकेडेमीको अवलोकन गरेका छन ।

सहारा क्लव पोखराद्वारा सञ्चालित पोखरा १७ दोविल्ला स्थित सहारा एकेडेमीको अवलोकनका लागि एकेडेमी पुगेका सदस्य सचिव सिलवाललाई क्लवका अध्यक्ष केशव वहादुर थापाले स्वागत गरेका थिए ।

अवलोकनका क्रममा सदस्य सचिब सिलवालले एकेडेमीको सञ्चालनका लागि आफ्नो तर्फवाट सक्दो सहयोग गर्ने बताए । सहारालाई एकेडेमी मात्रै सञ्चालन नगरि व्यवसायिक फुटबल विकासका लागि अघि वढन समेत उनले आग्रह गरे ।

सहारा क्लवका अध्यक्ष केशव वहादुर थापाले सदस्य सचिव सिलवालको स्वागत गर्दै एकेडेमीको निर्माण गर्न वाँकी रहेको काम सम्पन्न गर्न राखेपबाट सहयोगका लागि आग्रह गरेका थिए ।

सो अवसरमा राखेपका सदस्य राजेश कुमार गुरुङ, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ लगाएत सहारा क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।पोखरा स्पोर्टस ।

Leave a Comment