“”
News

सहारामा आश्रित बालकहरुलाई विफ, मास्क र सेनीटाइजर प्रदान

सहारा कलव पोखराद्वारा सञ्चालित सहारा एकेडेमीका बालकहरुलाई सहारा हङकङकी ‘फष्ट लेडी’ भद्र कुमारी गुरुङले विफ प्रदान गरेकी छन ।

गुरुङले आइतवार पोखरा १७ स्थित एकेडेमी पुगेर आश्रित बालकहरुलाई विफ सँगै सेनीटाइजर समेत प्रदान गरेकी हुन । त्यसै गरि सहारा हङकङकी कार्य समिती सदस्य सरिता गुरुङले एकेडेमीका बालकहरुलाई मास्क प्रदान गरेकी छन ।

सो अवसरमा सहारा क्लवका अध्यक्ष केशव वहादुर थापा, सहारा हङकङका अध्यक्ष दिपक गुरुङ, सहाराका वरिष्ठ उपाध्यक्ष हरिराम गुरुङ, एकेडेमीका संयोजक विश्वराज वराल, महासचिब रामजी प्रसाद अधिकारी लगाएतको उपस्थिती रहेको क्लवले जनाएको छ । हाल सहारा एकेडेमीमा विभिन्न जिल्लाका कठिन परिस्थितीका २५ जना बालक फुटबल प्रशिक्षण सँगै अध्ययन गरिरहेका छन ।

Leave a Comment