जापानबाट सहारा एकेडेमीका वालकहरुलाई जर्सी सेट प्राप्त
पोखरा २७, पुष
पोखराको सहारा एकेडेमीका वालकहरुलाई जापानबाट जर्सी सेट सहयोग प्राप्त
भएको छ । जापानको सामाजिक संस्था एन.पि.ओ.गोजो हिरोकी इकेदा ग्रुपले
सहारा एकेडेमीका वालकहरुको लागि ४६ थान जर्सी सेट र २४ थान टिसर्ट सहयोग
हस्तान्तरण गरेको हो ।
ग्रुपका नेपाल संयोजक रोशन तुलाधरले सहारा क्लव पोखराका अध्यक्ष केशव
बहादुर थापा, उपाध्यक्ष एवं सहारा एकेडेमीका संयोजक विश्वराज बराललाई उक्त
सहयोग एकेडेमीमै पुगेर सोमबार हस्तान्तरण गरेका हुन्। होकुतो कम्पनी
लिमिटेड, इगुसी कम्पनी लिमिटेड र पेइवा कम्पनी लिमिटेडको प्रायोजनमा उक्त
सहयोग प्राप्त भएको ग्रुपका नेपाल संयोजक तुलाधरले बताए । सहारा एकेडेमी
नेपालकै नमुना क्लवको रुपमा रहेकोले आफुहरुले सानो सहयोग गरेको उनले
जनाए ।
क्लवका अध्यक्ष थापाले जापानबाट कलवलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिदै
विभिन्न सहयोगी दाताको कारण एकेडेमी निरन्तर संचालन हुदै आएको बताए ।
सहारा एकेडेमीमा हाल करिब १३ जिल्लाका २३ जना वालकहरु रहेको क्लवले जनाएको छ ।
Leave a Comment