“”
News

आहा  रारा गोल्ड कपको लागि सहारा क्लब पोखरा र कथा नेपालबीच सम्झौता, प्रतियोगिताको प्रत्यक्ष प्रशारण देखापढीले गर्ने

आहा रारा गोल्ड कपको लागि सहारा क्लब पोखरा र कथा नेपालबीच सम्झौता, प्रतियोगिताको प्रत्यक्ष प्रशारण देखापढीले गर्ने पोखरा १०, फागुन ः

आहा  रारा गोल्ड कप फुटवल प्रतियोगिता २०७७ को १९ औँ संस्करणको अडियो भिडियो अधिकारका लागि कथा नेपाल प्रा.लि.ले आयोजक सहारा क्लब पोखरा बीच सम्झौता भएको छ । सोमबार एक समारोहका बिच दुबै पक्षले एक वर्षका लागि सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गरेको क्लवले जनाएको छ । क्लब अध्यक्ष केशवबहादुर थापा र कथा नेपाल प्रा.लि.का मनोजराज पाण्डेले हस्ताक्षर गरेका हुन् । कथा नेपाल प्रा.लि.ब̊ारा सञ्चालित देखापढी डट कमले उक्त प्रतियोगिताको प्रत्यक्ष प्रशारण गर्ने भएको हो । विदेशी टिमसहित ‘एग्́ डिभिजन लिगका क्लब, मोफसलका क्लब र आयोजक सहारा क्लब पोखराले प्रतिस्पर्धा गर्ने उक्त प्रतियोगिता चैत १७ देखि संचालन हुने भएको छ । क्याराभान गोल्ड कपबाट सुरु भएको मोफसलकै सबभन्दा प्रतिष्ठित प्रतियोगिता पछिल्लो १९ वर्षदेखि ‘आहाग्̂ रारा गोल्ड कपग्́ को नाममा सञ्चालन हुँदै आएको छ । प्रतियोगिताको १९ औँ संस्करण २०७७ साल चैत्र १७ गतेदेखि चैत्र २८ गतेसम्म सञ्चालन हुनेछ । गत वर्ष मनाभ्̈ मर्स्याभ्̈दी क्लब विजेता र नेपाल पुलिस क्लब उपविजेता रहेको थियो। उक्त प्रतियोगिताबाट बचत भएको रकम क्लवले सहारा फुटवल एकेडेमीमा खर्चिदै आएको छ ।

Leave a Comment