देव गुरुङद्वारा छैटौँ पटकसम्म आहा रारालाई सहयाेग

पाेखरा ।
सहारा क्लव पाेखराद्वारा आयाेजना हुने माेफसलकाे बहुप्रतिष्ठित फुटवल प्रतियाेगिता आहा रारा गाेल्डकपलाई कानुन व्यवसायी तथा समाजसेवी देव गुरुङले छैटाैं पटकसम्म सहयाेग गरेका छन् ।
सहारा क्लव हङकङका सल्लाहाकार समेत रहेका गुरुङले छैटाैं पटकसम्म गरि तीन लाख रुपैयाँ भन्दा बढि सहयाेग गरेका हुन् ।
उनले १३ औं आहा रारा गाेल्डकपमा ५१ हजार, १४ औं मा ५२ हजार, १५ औं मा ५१ हजार एक सय ५१ , १६ औं मा ५० हजार, १७ औं मा ५१ हजार र आगामी चैत २१ गतेदखि हुने १९ औं आहा रारा गाेल्डकपकाे लागि ५० हजार एक सय रुपैयाँ सहयाेग गरेका छन् ।
पुरानाे घर लामाचाैर तथा पोखरा १६ लामाचौर स्थायी घर भएका उनले सहारा क्लवद्वारा सञ्चालित सहारा एकेडेमीकाे लागि
२०७३ सालमा २ लाख ५१ हजार एक सय र
०७४ मा ५० हजार रुपैयाँ गरि जम्मा ३ लाख १ हजार एक सय रुपैयाँ सहयाेग गरिसकेका छन् ।
यस बाहेक उनले एकेडेमीकाे अक्षयकाेषकाे लागि ५० हजार एक सय रुपैयाँ सहयाेग गरेका छन् ।
खेलप्रेमी गुरुङले खेलकुदकाे विकास र सहारा क्लवद्वारा सञ्चालित एकेडेमीकाे लागि समग्रमा ६ लाख ५६ हजार ४ सय ५१ रुपैयाँ आर्थिक सहयाेग गरेका छन् ।
दाेहाेरी गायक समेत रहेका देव गुरुङ हाल हङकङमा बसाेवास गर्छन् ।
Leave a Comment