इतिहास रच्दै संकटाले जित्यो आहा ! रारा गोल्ड कपको उपाधि
सहारा क्लव पोखराद्वारा आयोजित आहा ! रारा गोल्ड कपको उपाधि भिडन्तमा पाहुना टोली क्यामरुनको अफ्रिकन रुट्स यूनाइटेडलाई टाइ व्रेकरमा ४–२ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सँगै संकटाले १० लाख १ हजार नगद प्राप्त गरेको छ भने उपविजेता अफ्रिकन रुट्सले ५ लाख १ हजार नगद प्राप्त गरेको छ ।
पहिलो पटक उपाधिका लागि मैदानमा उत्रिएका दुवै टोली खेल तुलनात्मक रुपमा त्यती प्रतिष्पर्धात्मक नभए पनि खेलको ११ औं मिनेटमा अफ्रिकन रुट्सका लागि बस्सेकले गोल गर्दै टिमलाई अग्रता दिएका थिए । तर दोश्रो हाफ पछि अफ्रिकन रुट्स सम्हालिन नसक्दा ५१ औं मिनेटमा संकटाले बरावरी गोल फर्काउन पुग्यो । उक्त गोल संकटाका विदेशी खेलाडी ग्लोरीले गरेका थिए ।
सर्लाही बाट राता–रात फर्किएको अफ्रिकन रुट्सका खेलाडी निकै थकित देखिन्थे । खेलको निर्धारित समय सम्म १–१ गोलको वरावरीमा खेल सकिएपछि र पछि थपिएको ३० मिनेटमा समेत कुनै गोल हुन नसक्दा खेल टाइ–व्रेकरमा पुगेको थियो । संकटाका राजाबावु थापाले अफ्रिकन रुटसका आर एम्वाकोपको प्रहार रोके पछि उपाधि संकटाको पोल्टामा पुग्यो ।
यस अघि अफ्रिकन रुट्सका खेलाडी क्यूटको प्रहार वाहिरिएको थियो भने संकटाका तर्फबाट सरोज दाहालको प्रहारलाई अफ्रिकन रुट्सका किपर डा सिल्भियोले वचाउ गरेका थिए । संकटाको तर्फबाट पेनाल्टी प्रहार गर्ने अमित तामाङ, सुभाष गुरुङ, निरज बस्नेत र आयूष घलानको प्रहार गोलमा परिणत भएको थियो ।
को को भए उत्कृष्ट
प्रतियोगितामा संकटाका किपर राजुबाबु थापा उत्कृष्ट खेलाडी हुँदै अप्रिला स्कूटर हात पारे । उनी खेलको म्यान अफ दि म्याच चुनिएका थिए । यसै गरी सूर्यबहादुर केसी उत्कृष्ट विद्यागततर्फ वेष्ट स्ट्राइकर संकटाका निरज बस्नेत, वेष्ट मिड फिल्डर अफ्रिकन रुट्सका रिम, अफ्रिकन रुट्सका बस्सेक वेष्ट डिफेन्स, र अफ्रिकन रुट्सकै सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक हुँदै जनही नगद २५ हजारका साथमा ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा फेयर प्ले टिा नेपाल पुलिस क्लव घोषित भयो भने प्रतियोगिता अवधीभर ४ जनाले सर्वाधिक गोलकर्ताको उपाधि संगै नगद ६–६ हजार प्राप्त गरेका छन । सर्वाधिक गोल गर्ने खेलाडीहरुमा नेपाल पुलिसका वुद्धबल तामाङ, संकटाका ग्लोरी, अफ्रिकन रुट्सका खेलाडीद्वय वस्सेक र मौसा रहेका थिए । उनीहरुले २–२ गोल गरेका थिए ।
१९ औ. आहा ! रारा संस्करणको उपाधि विजेता टिम तथा खेलाडीहरुलाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुव्वा गुरुङ, राष्ट्रिय खेलकूद परिषदका सदस्य राजेश गुरुङ, आहा राराका कार्यकारी निर्देशक प्रकाश केसी, अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिङ शेर्पा, गण्डकी प्रदेश खेलकूद परिषदका सदस्य सचिब तेज गुरुङ, सहारा यूकेकातर्फ बाट कमल गुरुङ, मुछेत्र गुरुङ, चन्द्रमान गुरुङ, दिलिप गुरुङ ‘एमविई’, ज्ञाम गुरुङ लगायतले ट्रफी, मेडल नगद वितरण गरेका थिए । कार्यक्रम सहारा क्लवका अध्यक्ष केशव बहादुर थापाको अध्यक्षतामा भएको थियो । तस्विरः सुदर्शन रञ्जित/केशव पाठक
Leave a Comment