News

आहारारा गोल्डकपको २०औं संस्करण माघ ६ गतेदेखि, १० टिमकाे सहभागिता रहने

गन्थन संवाददाता, पोखरा । सहारा क्लब पोखराद्वारा आयोजित मोफसलको बहुप्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको २०औं संस्करण माघ ६ गतेदेखि पोखरा रंगशालामा हुने भएको छ । सोमबार क्लबले पत्रकार सम्मेलन गरि माघ १५ गतेसम्म सञ्चालन हुने प्रतियोगितमा १० टिमको सहभागिता रहने जानकारी दिएको हो ।

प्रतियोगिताको कुल अनुमानित आम्दानी १ करोड ३६ लाख १ हजार रुपैया र कुल अनुमानित खर्च १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा संकटा क्लब, नेपाल पुलिस फुटबल क्लब, रुस्लान थ्रिस्टार क्लब, नेपाल एपिएफ क्लब, मनाङ्ग मर्‍याङ्गदी क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र क्लब, BYSC, MINESOTA, USA र सहारा क्लब पोखराको सहभागिता रहनेछ ।

गत वर्षको विजेता संकटा क्लब र उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो ।

वि.सं. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापित यस सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रालि को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

क्याराभान गोल्ड कप सहित यो प्रतियोगिता २१ वर्ष देखी निरन्तर सञ्चालित यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबद्वारा सन्चालित सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ । हाल तेश्रो व्याचको रुपमा उक्त एकेडेमीमा १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । २०५८ सालको एकेडेमी संचालन पछी क्लबले विगत २०६१ साल देखि आश्रित बालकहरुको भरणपोषण आवासिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षादिक्षा लगायत फुटबल प्रशिक्षण समेत सुर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आइरहेको छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको सहारा क्लब पोखराले जनाएको छ ।

गत वर्ष आयोजित १९ औं आहा रारा गोल्ड कप २०७७ फुटबल प्रतियोगिताको कुल आम्दानी ७६ लाख ५० हजार ६ सय ४७ रुपैयाँ ५७ पैसा र कुल खर्च ६३ लाख १ हजार १ सय ९९ रुपैयाँ २३ पैसा र जम्मा वचत रकम १३ लाख ४९ हजार ४ सय ४७ रुपैयाँ ३४ पैसा रहेको जानकारी पत्रकार सम्मेलनमा गरियो ।

Leave a Comment