पोखरा ४, वैशाख,
पोखराको सहारा क्लवसंग आज (मंगलबार) भएको मैत्रिपूर्ण फुटवल खेलमा वेलायतको ए थ्रि सिक्स इन्जिनियर रेजिमेन्ट एण्ड क्विन्स गोर्खा इन्जिनियर (युजिई) विजयी भएको छ । सहारा एकेडेमीको खेल मैदानमा भएको खेलमा यूजिईले सहारा क्लवलाई ३—१ को गोल अन्तरले पराजित गर्दै विजयी भएको हो । यूजिईको जितमा सिनक्लियरले २ र कप्तान आमोसले एक गोल गर्नु भएको थियो । शुसिल लामाको कप्तानीमा मैदानमा उत्र्रिएको सहारा क्लवको तर्फबाट भने मुकुन्द निउरेले एक शान्त्वना गोल गर्नु भयो ।
यसैबिच, उक्त खेलको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले रेफ्रि राजकुमार श्रेष्ठलाई वल हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रममा बोल्दै बरालले क्लवले पोखराको फुटवल खेल विकाससंगै सामाजिक क्षेत्रमा निकै प्रशंसनिय कार्य गर्दै आएको बताउनु भयो । फुटवलको उर्रभर भूमि पोखरामा पछिल्लो समयमा खेलाडीहरुको अभाव भएको सन्र्दभमा सोमबारबाट जुनियर स्तरको फुटवल प्रशिक्षण क्लवले सुरु गरेकोमा त्यसलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।
क्लवका अध्यक्ष केशवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष बिक्रम थकाली, क्लवका मानार्थ सदस्य एवं समाजसेवी लोक बहादुर गुरुङ, सहारा हङकङका अध्यक्ष दीपक गुरुङ, बरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
जिई समुहले आईतबार काठमाडौंमा चर्चा व्वाईजसंग २–२ को खेल बराबरी खेलेको थियो ।
Leave a Comment