You are here
Home > News > सहारा क्लब पोखराको शिविरमा ३ सय ६२ जनाको जाँच

सहारा क्लब पोखराको शिविरमा ३ सय ६२ जनाको जाँच

सहारा क्लब पोखराको शिविरमा ३ सय ६२ जनाको जाँच

पोखरा 7
सहारा क्लब पोखराको आयोजनामा शनिवार भएको बृहत् स्वास्थ्य शिविरमा ३ सय ६२ जनाले निःशुल्क स्वास्थ्य जाँच गराएका छन् । तीमध्ये १ सय ५४ जना महिला छन् ।
क्लबको २१ औं वार्षिकोत्सव अवसरमा सहारा बाल आधारभूत विद्यालयमा शिविर गण्डकी मेडिकल कलेज (जिएमसी) को विशेष सहयोगमा भएको हो ।
शिविरमा स्त्रीरोग विशेषज्ञ डा उपमा बस्नेत, भिडियो एक्सरे डा भोजराज शर्मा, बालरोग विशेषज्ञ डा शैलेसप्रसाद श्रेष्ठ, नाक कान घाँटी रोग विशेषज्ञ डा राजेश महर्जन, मेडिसिन विशेषज्ञ डा रोशन कुमार, नेत्ररोग विशेषज्ञ डा जमुना गुरुङ्ग लगायतले स्वास्थ्य जाँच गरेका हुन् । साथै नर्सहरुले सहयोग गरेका थिए ।
कार्यक्रममा भिडियो एक्सरे तथा मधुमेह परीक्षण निःशुल्क गरिएकोमा अन्य सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको जानकारी क्लब अध्यक्ष केशबबहादुर थापाले दिए ।
प्रमुख अतिथि पोखरा ९ का वडाध्यक्ष रामराज लामिछानेले जिएसीका प्राचार्य रवीन्द्रप्रसाद श्रेष्ठलाई प्रेसकिप्सन हस्तान्तरण गरी कार्यक्रम उद्घाटन गरेका थिए ।
कार्यक्रममा क्लब सल्लाहकारसमेत रहेका जिएसीका प्राचार्य रवीन्द्रप्रसाद श्रेष्ठ, सहारा बाल आधारभूत विद्यालयका प्रअ लोचना अधिकारी, सहारा क्लब पोखराका सल्लाहकार एवं पृथ्वी राजमार्ग बस संचालक प्रालि अध्यक्ष योगेन्द्रबहादुर केसी, क्लब संस्थापक अध्यक्ष वसन्त थकाली, सहारा क्लब हङकङका अध्यक्ष दीपक गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
क्लब अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन गंगाराज पौडेलले गरेका थिए ।
२०५५ सालमा स्थापित सहारा क्लब पोखराले हरेक वर्ष आहा रारा गोल्डकप सहित विविध सामाजिक कार्य गर्दैआएको छ । क्लबले पोखराको दोबिल्लामा सहारा एकडेमी समेत संचालन गरेको छ । एकेडेमीमा हाल २८ जना बालक छन् ।

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Top