पोखरा स्पोर्टस । सहारा क्लव पोखराको आयोजनामा हुने २० औं सस्करणको आहा! रारा फुटबल प्रतियोगिताका लागि सहारा क्लव हङकङका उपाध्यक्ष सरोज गुरुङ (खम)ले प्रतिनिधित्व गर्ने भएका छन् ।
यहि माघ ६ देखि १५ गते सम्म पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि सहारा हङकङको विशेष प्रतिनिधीको रुपमा खम पोखरा आउन लागेका हुन् । हङकङबाट नेपाल प्रस्थान गर्नु अधि सहारा क्लव हङकङका अध्यक्ष दिपक गुरुङ र उपाध्यक्ष सुमित्रा गुरुङले विदाई गरेका हुन् ।
सहारा क्लव हङकङले आहा ! रारा फुटबल प्रतियोगिताका लागि नियमित आर्थिक सहयोग गर्दै आइरहेको छ । सहारा क्लव पोखराले प्रतियोगिताको तयारी तिव्र पारेको छ ।
यसै गरी प्रतियोगिताका लागि सहारा युकेबाट सहारा यूकेका नवनिर्वाचित अध्यक्ष ले.कुशाङ गुरुङ र निवर्तमान अध्यक्ष कुमार गुरुङ सहित ५० भन्दा वढीको टोली माघको पहिलो साता पोखरा आइपुग्ने कार्यक्रम तय भएको छ ।
Leave a Comment